फोर्टिन स्टार कप विजेता अर्जै माविका खेलाडीलाई गाउँपालिका द्वारा ५० हजार नगद सहित सम्मान !



डिबी खड्का पुस १७ गुल्मी ।

हालै सदरमुकाम तम्घासमा सम्पन्न भएको चौथो फोर्टीन स्टार कपको विजेता खेलाडीलाई गृहपालिकाले सम्मान गरेको छ । उपाधी विजेता मालिका गाउँपालिका -६ अर्जै माविका विद्यार्थी खेलाडीलाई पालिकाले मंगलबार ५० हजार नगद सहित सम्मानपत्रले सम्मान गरेको हो ।
खेल र खेलाडीको प्रोत्साहनको लागि नगद सहित सम्मान गरेको पालिका अध्यक्ष देवीराम अर्यालले बताए ।
त्यस्तै विद्यार्थी खेलाडीलाई बधाई ज्ञापन गर्दै उपाध्यक्ष उपेन्द्र अर्यालले खेल सङै शैक्षिक क्षेत्र तर्फ पनि विद्यार्थी अब्बल हुनु पर्ने बताए ।
ग्रामीण क्षेत्रका विद्यार्थी खेलाडीले सदरमुकामा आयोजित खेलमा १९ वटा विद्यालयलाई पछि पार्दै उपाधी जित्नु ठूलो कुरा रहेको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।
अहिले विद्यालयको जर्सीमा खेलेका खेलाडी निकट भविष्यमा राष्ट्रिय जर्सी बाट खेल खेल्ने अपेक्षा समेत खनालले राखे ।
पालिकाले गरेको सम्मानले आफू सहित सम्पुर्ण खेलाडीलाई हौसला र अभिभावकत्व मिलेको कप्तान अर्जुन सुनारले बताए ।
अर्जै माविले फाइनलमा सदरमुकाम तम्घासको महेन्द्र माविलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै उपाधी चुम्न सफल भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता