पूर्व भलिबल खेलाडीले सौजन्य गरे दोस्रो पुरस्कार



गुल्मी, १४ कात्तिक
जिल्ला भलिबल संघको आयोजनामा हुने पालिकास्तरीय भलिबल प्रतियोगितामा पूर्व भलिबल खेलाडीले दोस्रो पुरस्कार सौजन्य गरेका छन् । हाल अमेरिकामा रहेका गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका रुपाकोट निवासी टेक बहादुर थापाले खेलको दोस्रो पुरस्कारको लागि ५५ हजार ५५५ प्रदान गरेका हुन् । थापा पूर्व भलिबल खेलाडी हुन् । उनले थुप्रै खेलमा सहभागिता जनाएको आयोजक जिल्ला भलिबल संघका महासचिव नारायण आचार्यले जानकारी दिए । जिल्ला भलिबल संघले यही कात्तिक १५ देखि १८ गतेसम्म पालिकास्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको छ । गुल्मी सदरमुकाम तम्घासको चिदिचौरमा संचालन हुने प्रतियोगितामा जिल्लाका १२ वटै पालिकाबाट पुरुष र महिलाका एक÷एक समुह सहभागि हुने आयोजकले जनाएको छ ।
भलिबल खेलमा पुरुष तर्फको प्रथम पुरस्कार ७७ हजार ७ सय ७७ दृतिय पुरस्कार ५५ हजार ५ सय ५५ तृतीय पुरस्कार ३३ हजार ३ सय ३३ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ सहित कप मेडल र प्रमाणपत्र रहेको छ ।
यस्तै महिला तर्फ प्रथम पुरस्कार ३५ हजार दृतिय पुरस्कार २५ हजार तृतीय पुरस्कार १५ हजार र सान्त्वना पुरस्कार १० हजार सहित शिल मेडल प्रमाणपत्र रहेको महासचिव आचार्यले जानकारी दिए । कपको मुख्य प्रयायोजक गुल्मीकै पहिलो अन्तर्राष्ट्रिय भलिबल खेलाडी रेसुङ्गा नगरपालिका दुई निवासी प्रेम कुँवर रहेको आयोजकले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता