नौ महिना देखी बेपत्ता भएकी ७४ वर्षीया श्रीमतीलाई खोज्दै बागलुङका ८४ वर्षीय वृद्ध गुल्मीमा



पुस ८ गुल्मी ।

जेठ १३ गते दाउरा लिन गएकी श्रीमतीको अहिले सम्म कुनै खबर नआए पछि उनका ८४ वर्षीय श्रीमान बिचल्लीमा परेका छन । बाग्लुङ जिल्लाको बढिगाड गाउँपालिका वडा नम्बर १० की ७४ वर्षीया खिम सरा विक विगत नौ महिना देखी बेपत्ता भएकी हुन ।
श्रीमती बेपत्ता भए संगै उनका श्रीमान यति बेला उनलाई बिचल्लीमा परेका छन भने श्रीमतीको खोजिमा भौतारिएका छन ।
बाग्लुङ जिल्ला संगै गुल्मी ,अर्घाखाँचीका विभिन्न जिल्ला स्थानमा चाहार्दा समेत कतै बाट केहि खबर नआएको गुनासो गरेका छन ।

 

बुधवार श्रीमतीको तस्वीर हातमा लिएर गुल्मीको सदरमुकाम तम्घास पुगेका विकले भने ” श्रीमतीको मानसिक सन्तुलन ठिक थिएन दाउरा लिन गएकी श्रीमती अहिले सम्म घर फर्किनन ” ।

उनले थपे “कतै भेटिन्छनकी भनेर फोटो हातमा लिएर मानिसलाई सोधै र खोज्दै हिडेको छु कतै तपाईं हरुले देख्नु भयो भनी खबर गर्नु होला है “।
संबंधित सबै प्रहरी चौकीमा उजुरी दिएको र अहिले सम्म कुनै खबर नआएको गुनासो गरे ।
साथै फेला पार्नु हुनेले ९८१६१३२११७ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता