नेपाल कम्युनिस्ट पाटी गुल्मीले मनायो २७ औं जनयुद्ध दिवस



फागुन -१ गुल्मी ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी गुल्मीले शुभकामना आदानप्रदान गरी २७ औं जनयुद्ध दिवस मनाएको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका -४ जैशिथोकमा सम्पन्न कार्यक्रमलाई पाटीका कार्यबाहक सचिब तथा श्रमिक समुदाय मोर्चाका केन्द्रिय सदस्य वसन्त गैरे(भीषण)ले सम्बोधन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गैरेले जनयुद्ध बाट प्राप्त उपलब्धिको रक्षा गर्दै वैज्ञानिक समाजवाद निर्माण तर्फ पाटी लागेको बताउदै आम कार्यकर्ताले पनि वैज्ञानिक समाजवादको लागी संघर्ष गर्नु पर्ने बेला आएको बताए ।
जनयुद्धकै कारण आज आफ्नो अधिकार खोज्ने , स्वतन्त्र भएर बोल्न सक्ने अवस्था आए पनि गास, बास,कपास र रोजगारीको ग्यारेन्टीको लागी वैज्ञानिक समाजवादी व्यवस्थानै आउनु पर्ने धारणा उनले राखेका थिए ।
त्यस्तै नेपाल कम्युनिस्ट पाटी गुल्मीका जिल्ला सदस्य तथा किसान महासंघका केन्द्रिय सदस्य बिनोद पोख्रेलले शुभकामना मन्तव्य राख्दै संसदवादीहरुको सरकारले देश र जनतालाई घात गरिरहेको बताए । एमसिसि जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयन गर्न खोजेर नेपाली जनताको राष्ट्रिय स्वाधीनता माथी सरकारले लात हानेको आरोप समेत लगाए ।
२०५२ सालमा तत्कालीन माओवादीले शसस्त्र बिद्रोह सुरु गरे पनि पछिल्लो समय माओवादी बिच भएको टुट्फुट र विभाजनको कारण तथा नेपाल कम्युनिस्ट पाटीले लिएको एजेन्डा बारे कार्यकर्तालाई प्रकाश पारेका थिए ।
शुभकामना आदानप्रदान कार्यक्रममा युवा संघ गुल्मीका संयोजक मिसन पाण्डे , अखिल (क्रान्तिकारीका) जिल्ला संयोजक राज खड्का ,जिल्ला सदस्य शिभ भुसाल, जनपत्रकार संघठन गुल्मीका सदस्य दिपेन्द्र खत्री , प्रवास संघका सदस्य ज्ञान बहादुर केसी , सहिद परिवार सदस्य बाबुलाल नेपाली लगायतको शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको अध्यक्षयता जिल्ला सदस्य तथा किसान महासंघका केन्द्रिय सदस्य बिनोद पोख्रेलको रहेको थियो भने कार्यक्रमको सञ्चालन जनपत्रकार संगठन गुल्मीका अध्यक्ष डिबी खड्काले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता