नेकपा एमालेले दियो मालिका गाउँपालिकाका अगुवा कार्यकर्तालाई प्रशिक्षण !



चैत -४ गुल्मी ।
नेकपा एमाले मालिका गाउँपालिका कमिटीले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।

“म जहाँ छु त्यहीँ खट्छु मेरो वडा र पालिकालाई म जिताउछु “भन्ने सङकल्प सहित शुक्रबार वडा नम्वर चार स्थित अर्खबाङमा आयोजना गरिएको कार्यक्रममा नेकपाका नेता तथा लुम्बिनी प्रदेश सांसद कमलराज श्रेष्ठले प्रशिक्षण दिएका हुन ।

चुनाव केन्द्रित प्रशिक्षणमा सबै कार्यकर्तालाई चुनाबमा एक जुट भएर लाग्न नेता श्रेष्ठले निर्देशन समेत दिएका छन । नेकपा एमालेमा राम्रो जनमत रहेको बताउदै गठबन्धनलाई एमालेले एक्लै जित्ने विश्वास व्यक्त गरे ।
प्रशिक्षण कार्यक्रममा एमालेका जिल्ला कमिटी उपाध्यक्ष कृष्ण सुनार,जिल्ला कमिटी सचीव गणेश श्रीपाली,जिल्ला सदस्य रित बहादुर थापा , पाटिका जनवर्गीय संठनका प्रमुख तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
प्रशिक्षण कार्यक्रम मालिका गाउँ कमिटीका अध्यक्ष ओम बहादुर कार्कीको अध्यक्षता तथा सचीव शोभाखर गिरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता