नेकपाद्धारा एसपीपी सम्झौताविरुद्ध गुल्मीको ठूलो लुम्पेक र धुर्कोटमा मसाल जुलुस र कोणसभा



गुल्मी ।

नेपाल कम्युनिस्ट पार्टी गुल्मीले जिल्लाको दुई स्थानमा मसाल जुलुस गरेको छ । नेपाली सेना र अमेरिकी सरकारबीच हस्ताक्षर हुन लागेको एसपीपी सम्झौता र एमसीसी खारेजीको माग गर्दै मसाल जुलुस गरेको हो । जिल्लाको सत्यवती गाउँपालिका ठूलो लुम्पेक र धुर्कोट गाउँपालिकामा मसाल जुलुस प्रदर्शन गरेको हो । ठूलो लुम्पेकमा भएको मसाल जुलुसपछि कोणसभालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी सुमनले एसपीपी सम्झौता हिन्द प्रशान्त रणनीति अन्तर्गतको सैन्य गठबन्धन भएको भन्दै यसको खारेजी हुनुपर्ने बताएका छन् ।

उनले एपीपी सम्झौता एमसीसी परियोजनाको निरन्तरता भएको भन्दै यसले देशको सार्वभौमसत्तामाथि गम्भीर हमला गरेको बताए । उनले वैदेशिक हस्तक्षेपको मूल कारण नेपालको दलाल संसदीय व्यवस्था भएको कारण यसका विरुद्ध र साम्राज्यवादका विरुद्ध सँगैसँगै लड्नुपर्ने बताए । कोणसभामा मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य रुद्र श्रीसले एमसीसी र एसपीपी सम्झौताका दलालहरुलाई गाउँगाउँबाट बहिस्कार गर्नुपर्ने बताए ।

मसाल जुलुसमा युवाहरुले नाराबाजी गर्दै मसाल बालेका थिए । त्यसैगरी धुर्कोटको बर्बोटमा भएको मसाल जुलुसपछिको कोणसभालाई अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष विनोदले सम्बोधन गरेका थिए । एसपीपी सम्झौता र एमसीसी सम्झौता विरुद्ध नाराबाजी गर्दै किसानलाई समयमै मलबिउ दिनुपर्ने, राजबन्दीहरुलाई रिहाई गर्नुपर्ने, मूल्यबृद्धि तत्काल अन्त्य गर्नुपर्ने, दलाल संसदीय व्यवस्थाको अन्त्य हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए । नेकपाले केन्द्रीय संघर्षको कार्यक्रम अन्तर्गत देशव्यापी मसाल जुलुस गरेको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता