नेकपाकै नेतृत्वमा सरकार बन्छ ः मन्त्री बराल (अन्तर्वार्ता)



फागुन -१६ गुल्मी ।

सर्वोच्च अदालतले संसद पुनः स्थापना पक्षमा फैसला गरे पछि पछिल्लो समय सत्ता समिकरण र नेकपा कसरी अगाडी बढ्छ भन्ने विषय चौतर्फीक चासोको विषय बनेको छ । यसै सन्र्दभमा रहेर गुल्मी अपडेटकर्मी डिबि खड्काले लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री शुर्दशन बराल संग कुराकानी गर्नु भएको छ ।

मन्त्री ज्यु यहाँलाई कार्यक्रममा स्वागत छ ।

धन्यबाद !

अब सर्वोच्च अदालतको फैसला आई सक्यो नेकपाको भविष्य के हुन्छ र नेकपा अब कसरी अगाडी बढ्छ ?

अब प्रधान्मन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनु हुन्छ । र फेरि पनि हाम्रो नेकपालाई एकिकृत गरी नेकपाकै नेतृत्वमा सरकार बनाउने नेचुरल प्रोसेस हुन्छ । हामी त्यसको प्रयन्त गरेका छौ ।
यदि प्रधानमन्त्रीले त्यसो गर्नु भएन भने उहाँलाई पार्टीले, संसदिय दलले कारबाही गर्छ र पार्टीलाई एकिकृत गदै पुनः जुन नेपालको आर्थीक रुपान्त्रण, समृद्धीको परिकल्पना गरेका छौ जुन म्यानडेट मिलको छ । त्यो म्यानडेट अनुसार आगमी दुइ वर्षको कार्यकाल नेकपाकै नेतृत्वमा अगाडी बढछ् ।

तपाई प्रदेशको मन्त्री पनि हुनु हुन्छ र नेकपाको प्रभावशाली नेता पनि पनि हो । संसद पुनः स्थापना भैइसकेपछि प्रदेशमा यसको प्रभाव कस्तो छ ?
राजनितिक रुपमा हाम्रो प्रदेशको संसदिय दल र क्यावीनेटमा त्यसको प्रभाव परेकै छ । प्रदेशको संसदिय दल कानुनी रुपमा विभाजन नभएका कारणले हामी सम्भव भए सम्म यहीं सरकारलाईनै स्थायीत्व र निरंतरता दिंउ भनेर लागेका छौ ।
त्यसकारण महिले अघिनै भने प्रधानमन्त्री ज्युले राजिनामा दिएर मार्ग प्रशस्त गर्नु भयो भने पार्टी एकिकृतकै स्वरुपमा आउछ । यदि त्यसो भएन भने फरक ढंगले अगाडी बढ्छ ।अहिले भर्खरै प्रदेश सरकारको बारेमा कुनै छलफल भएको छैन ।

अब सत्ता समिकरणको चर्चा पनि चलिरहेको छ ? काग्रेंस अथावा कुनै फरक दल संग तपाईहरुको संगै ओली समुहको सत्ता समिकरण कत्तिको देख्नु हुन्छ ?
पहिलो कुरा त प्रधानमन्त्रीले चालेको कदम असफल भैइसके पछि उहाँ नैतिक रुपमा असफल भैइसक्नु भएको छ । त्यस वापत उहाँले आत्मा आलोचना सहित राजिनामा दिनु हुन्छ । र नेकपा एक ढिक्का भएर अगाडी बढ्छ । हामीले जुन ठुलो बहुमत प्राप्त गरेका छौं र हाम्रै पार्टीको अर्को कुनै योग्य नेता प्रधानमन्त्री बनेरनै मुलुकले निकास पाउँछ पहिलो प्रयन्त हाम्रो यहिंनै हो ।
यदि त्यसो हुन सकेन भने यो प्रतिगमन विरुद्ध लागेका सबै राजनिनितिक दल संगको सहमतीमा अर्को सरकार बन्छ भन्ने मलाई लाग्छ ।

तपाईहरु दुई कित्तामा विभाजित हुनु भयो ? एक आपसमा तित्तता पनि छ । र यस्तो विषम परिस्थीतीमा पार्टी एक हुन्छ भन्ने विषयमा तपाई कत्तिको विश्वस्त हुनु हुन्छ ?
म विश्वस्त छु किनकि प्रधानमन्त्रीले चालेको कदम असफल भैइसकेको छ । सिंगो देशले अस्वीकार गर्यो, सर्वोच्च अदालतले अस्वीकार गर्यो र उहाँले आत्म आलोचना गर्ने र दण्डित हुने बाहेक अर्को कुनै विकल्प छैन । उहाँ जुन लामो सयम सम्म जेल बस्नु भयो १६,१७ वर्ष ,कम्युनिष्ट आन्दोलनमा लाग्नु भयो । आन्दोलनलाई खेर जान नदिन उहाँले राजिनामा दिने हो र उहाँका शुभ चिन्तकहरुले नै छिटो भन्दा छिटो राजिनामा दिन लगाउनु हुनेछ र मार्ग प्रशस्त गर्नु हुनेछ भन्ने महिले सोच्दछु ।

 पार्टीको नाम र चुनाव चिन्हमा तपाईहरुको दावी कत्तीको रहन्छ ?
यसमा दावीको कुनै कुरा रहेन । हाम्रो कानुन निर्वाचन र्एन दल सम्वन्धी र्एन र संविधानको व्यवस्था अनुसार हाम्रो पक्षमा आउँछ ।
केन्द्रिय सदस्यमा दुई तिहाई बहुमत छ , संसदिय दलमा बहुमत छ । प्रचण्ड माधव समुहले नेतृत्व गरेको नेकपालेनै नाम र सुर्य चिन्ह पाउँछ ।
यहिंनै निवार्चन आयोगले फैसला गर्छ । यहाँ भन्दा दायाँबायाँ जाने सम्भावना देख्दीन म ।

जुन अघि तपाईले नेकपा बाटै नेतृत्व छान्छौं भन्नु भयो र कतिपयको आँकलन के छ भने अब बामदेव गौतम प्रधानमन्त्री बन्छन् होला भन्ने छ , यस विषयमा पार्टीमा कुनै छलफल भएको छ ?
सबै बाटाहरु खुल्ला छन् । कानुनीरुपले राष्ट्रिय सभाको व्याक्ती प्रधानमन्त्री बन्ने व्यवस्था छैन ।
र त्यो कानुनी अडच्न छ । त्यसबाहेक हाम्रो पार्टी भित्रका कुनै पनि योग्य नेता प्रधानमन्त्री बन्ने सम्भावना छ र दोस्रो पुस्ताका युवा नेताहरुको हातमा पनि नेतृत्व आउन सक्दछ ।
यसरी अगाडी बढेका छौं । र नेतृत्वको लागी सबै ढोका खुल्ला छन् ।

नेतृत्व नेकपा भन्दा बाहिर जादैन भनेर कार्यकर्ता विश्वस्त हुन सक्छन् ?
पहिलो नम्वरमा हामीले त्यसमै प्रयन्त गरेका छौं । सिंगो नेकपा, संसदिय दलले यहीं प्रयन्त लाईनै अगाडी बढाएको छ ।

अन्त्यमा आम गुल्मीबासीलाई तपाई के भन्नु हुन्छ ?
मुल पार्टीको पक्षमा न्यायको पक्षमा सर्वच्च अदालतले फैसला गरेको छ । पार्टी एक ढिक्का छ । आम कार्यकर्ता गुल्मेली दाजुभाई बुबाआमालाई एक ढिक्का भएर अगाडी बढ्न आग्रह गर्दछ ।

हस समय दिनु भयो धेरै धेरै धन्यवाद ।
हस धन्यवाद डिबि जि संगै गुल्मी अपडेट परिवारलाई र यो अन्तरवार्त  पढ्नु भएका सम्पुर्णलाई ।

(हेर्नुहोस भिडियो)

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता