धुर्कोट कोट प्राकृतिक भ्यूटावर , गोकर्ण बिष्ट



गुल्मी , फागुन–२ ।

गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री गोकर्ण बिष्टले गुल्मीको ऐतिहासिक धुर्कोट कोटको अवलोकन गर्नुभएको छ ।

अवलोकनका क्रममा उहाँले धुर्कोट कोट चारै तिरको दृश्य नियाल्दै भन्नुभयो–‘वाह १ चारैतिरका कति सुन्दर दृश्यहरु नियाल्न पाइदो रहेछ । यहाँ भ्यूटावर बनाउनु पर्ने आवश्यकता मैले देखिन । धुर्कोट कोट प्राकृतिक रुपमै भ्यूटावर रहेछ । आउन त पहिला पनि दुईरतीन पटक यस कोटमा आएको थिएँ तर, यसरी चारैतिर नियाल्न पाएको थिइन, आज बल्ल चारैतिर नियालेर दंग परें ।’उहाँले धुर्कोट, मुसिकोट, ईस्मा कोट, चारपाला गुल्मी दरवार कोट सहितका ऐतिहासिक कोटहरु पुरातात्विक विभागमा दर्ता भई संरक्षण विकासको सूचीमा परेको जानकारी समेत गराउनुभयो ।

पूर्व मन्त्री बिष्टलाई पूर्व उत्तरसम्मका हिम श्रृखलाहरु देखाउँदै धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले भन्नुभयोे–‘उ त्यो देखिने माछा पुछ्रे हिमाल हो, यता धौलागिरी लगायतका हिमालहरु हुन् । उत्तर तर्फ ढोरपाटन पनि यहिबाट छर्लङ्ग देखिन्छ ।’मदानेको टापु पछाडि प्युठान, यता पश्चिम दक्षिण चारैतिरको सुन्दर गाउँ वस्तीले मानिसहरुलाई घण्टौं यहि भुलाउँछ, यसर्थ धुर्कोट कोटको विकास गर्न लागिएको हो ।’ उहाँले भक्तपुरका सिकर्मी डकर्मीहरु झिकाएर बनाईएको प्यागोडा शैलीको निर्माणाधीन मन्दिर र संग्राहलय भवन पूर्व मन्त्री बिष्टलाई देखाउँदै भन्नुभयो ‘जिर्ण धुर्कोट कोटलाई पनि मौलिक ढंगले सिंगार्न लागेका छौँ ।

पूर्व मन्त्री बिष्टले निर्माणाधीन कोट हेरेर आकर्षक ढंगले धुर्कोट कोटलाई सिंगार्न सुझाव दिँदै रकमको कमी हुन नदिईने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेकपा प्रदेश कमिटी सदस्य तथा युवा संघ प्रदेश कमिटी संयोजक बुद्धि जिसी लगायतका नेताहरुले पनि धुर्कोट कोटको संरक्षण र विकासमा आफ्नो पार्टीको तर्फबाट पनि सक्दो पहल हुने बताउनुभयो । न्युज २४ बाट लिएको ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता