धुर्कोटमा मनोसामाजिक सहयोग सम्बन्धि तीन दिने तालिम सम्पन्न



गुल्मी, फागुन १३ । 

कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तर्गत सरोकारवाला लागी मनोसामाजिक सहयोग सम्बन्धी ३ दिबसीय तालिम धुर्कोट गाउँपलिकामा सम्पन्न भएको छ ।

तालिमको समापन गर्दै धुर्कोट गाउँपालिकाका उपाध्यक्ष सीता गीरीले मनोसामाजिक परामर्श तालिमले समुदायमा बढ्दै गई रहेको मानसिक तथा मनोसामाजिक समस्याहरुलाई न्यूनिकरण गर्न टेवा पुराउने बताउनु भयो ।

३ दिन सम्म चलेको तालिमले समुदाय तहमा सचेतना फैलाउन मद्धत पुग्ने सिदार्थ सामाजिक विकास केन्द्र कपिलबस्तुका मनोविमर्श कर्ता शान्ती पण्डितले बताउनु भयो ।

कार्यक्रम धुर्कोट गाउँपालिकाका उपाध्यक्ष सीता गीरी ,शिक्षा शाखा प्रमुख दामोदर घिमिरे, धुर्कोट गाउँपालिकाका विभिन्न विद्यालयका प्रधानाध्यापक , शिक्षक तथा इस्मा गाउँपालिका २ को पालुखा माविका प्रधानाध्यापक तथा अन्य शिक्षकहरुको समेत सहभागिता रहेको सञ्चारकर्मी बासुदेव पोख्रेलले जानकारी दिए ।

मनोसामाजिक परामर्श तालिम सिद्धार्थ सामाजिक बिकाश केन्द्र कपिलबस्तुको आयोजना , युनिसेफको आर्थिक सहयोग र धुर्कोट गाउँपालिकाको समन्वयमा सञ्चालन भएको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता