धुर्कोटका ३ वडामा बाख्राहरुमा नस्ल सुधारको लागि बोका बितरण



राधा पोख्रेल असोज १६ गुल्मी ।
सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना कार्यक्रम अन्तरगत धुर्कोट गाउँपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपाल र सिर्जनशिल सामुदायिक बिकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं १,३ र ७ वडामा गरी ३७ वटा समुहमा नश्ल सुधारको लागी बिउँ वोका वितरण कार्यक्रम सम्पन्न भएको छ ।
बिहिबार परियोजनाले एक कार्यक्रम गरि वडा नम्बर ३ हाडहाडेमा वडा अध्यक्ष बिष्णु श्रीस, वडा सदस्य कमला बिक र परियोजनाका शंकर नेपालीको उपस्थितिमा १४ वटा बोका उपहार समुहलाई बितरण गरेको राजेन्द्र बिकले जानकारी दिनुभयो ।

यस्तै बिहिबार नै वडा नम्बर १ नयागाउमा वडा सदस्य देव बहादुर पाण्डे ,तुल्सा राना र परियोजनाका प्राबिधिक संयोजक नारायण जिसिको उपस्थितिमा ९ वटा बिउ बोका बितरण गरिएको छ ।
बुधबार परियोजनाले वडा नम्बर ७ वाग्लामा वडा अध्यक्ष हिम प्रसाद पन्थी, वडा सदस्य टोपलाल पराजुली,ढुण्डी घिमिरे ,दिपा परियार र परियोजना संयोजक शंकर नेपालीको उपस्थितिमा १४ वटा बोका बितरण गरेको थियो । उक्तबोका पनि हालै बनेका नयाँ उपहार समुहलाई प्रदान गरिएको हो ।
यस परियोजनाले २ हजार घरधुरिलाई समेट्ने गरि धुर्कोट गाउपालीकाका ४ वटा वडा नयागाउ,पिपलधारा,हाडहाडे र वाग्लामा ८० समुह निर्माण गरि उक्त कार्यक्रम संचालन गरेको छ ।कार्यक्रमको लागी धुर्कोट गाउँपालिकाको ७५ प्रतिशत र हेफर प्रोजेक्ट नेपालको २५ प्रतिशत लागतमा २००० घर परिवारमा काम अगाडी बढाएको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता