तीन दिने घुम्ती शिविर बाट मालिका गाउँपालिका ५६ जना नागरिकले पाए अपाङ्गता परिचयपत्र



माघ -१३ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाले वडा तहमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।
गाउँपालिकाका विभिन्न तीन स्थानमा सञ्चालन गरिको शिविर बाट ५६ जना नागरिकलेले अपाङ्गता परिचयपत्र प्राप्त गरेको मालिका गाउँपालिकाले जनाएको छ ।
पहिले दिन माघ ११ गते गाउँपालिकाको वडा नम्बर दुई दर्लिङ बाट १६ जना, दोस्रो दिन माघ १२ गते गाउँपालिकाको केन्द्र अर्खबाङ बाट १७ जना र आज तेस्रो दिन वडा नम्बर सात घमिर बाट २३ जनाले अपांगता परिचयपत्र प्राप्त गरेको गाउँपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका कर्मचारी चन्द्र श्रीसले जानकारी दिए ।
जसमा क वर्गका १०, ख वर्गका २४, ग वर्गका १३ र घ वर्गका ९ जना गरी ५६ जना रहेका छन । त्यस्तै महिला र पुरुष समान २८/ २८ जना रहेको कार्यालयले जानकारी दिएको छ । क वर्गको लागी रातो रङको परिचयपत्र, ख वर्गको लागी हरियो , ग वर्गको लागी पहेंलो र घ वर्गको लागी सेतो रङको परिचयपत्र प्रदान गरिने व्यवस्था रहेको मालिका गाउँपालिकाले जनाएको छ ।
क र ख वर्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेकाले क्रमश: राज्य बाट तीन हजार नौ सय ९० र दुई हजार १ सय २८ रुपैयाँ मासिक भत्ता प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए ।
त्यस्तै ग र घ वर्गका लागी केन्द्र सरकारले कुनै आर्थिक सहयोग नदिए पनि गाउँपालिकाले उनिहरुले सिक्न चाहेको सिप र आवश्यक सामाग्री उपलब्ध गराएको भण्डारीले उल्लेख गरे । अपाङ्गता परिचयपत्र बनिसके पछि राज्य बाट पाउने सेवा सुविधा सहजै प्राप्त गर्न सकिने भए पछि परिचय पत्र पाउनेहरु पनि खुसि भएका छन ।
जनतालाई सहज होस भनेर सबैलाई पायक पर्ने गरी वडा तहमा पुगेर परिचय पत्र वितरण गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता