डिभिजन वन कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख २ लाख घुस सहित पक्राउ



भिम भुसाल ,फागुन २ नवलपुर ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले डिभिजन वन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका सहायक वन अधिकृत ९निमिक्त कार्यालय प्रमुख० कृष्णबहादुर देवकोटालाई २ लाख रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको छ ।
विहीबार अख्तियारको टोलीले देवकोटा सहित कार्यालय सहयोगी ९करार० प्रमोद कुमार तेलीलाई पनि कावासोती ८ मा रहेको डिभिजन वन कार्यालयबाटै घुस रकम सहित रंगहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।


नवलपुरमा वैज्ञानिक वनको नाममा कटानी भएका काठहरुको टेण्डरमा उपभोक्ता समूहले घुस दिनु परेको गुनासोको आधारमा अख्तियारको टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पछिल्लो समय नवलपुरमा काठको व्यापक रुपमा टेण्डर हुने गरेको छ भने त्यस वापत सामुदायिक वन र ठेकेदार दुवैसँग वन कर्मचारीले घुस लिने गरेको बताइएको छ ।
पक्राउ परेका दुवै माथि अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता