जनताको विश्वास टुट्न दिने छैन : नेतृ झाँक्री



गुल्मी, २९ असाेज ।
नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवम् गुल्मी क्षेत्र नम्बर -२ मा गठबन्धनकाे साझा उम्मेदवार रामकुमारी झाँक्रीले आफुले जनताको विश्वास टुट्न नदिने बताएकी छिन् । शनिबार मालिका गाउँपालिकाकाे संयुक्त गठबन्धनकाे चुनावी बैठकलाई सम्बाेधन गर्दै नेतृ झाँक्रीले निर्वाचनपछिका पाँच बर्ष जनमतकाे सम्मान गरेर काम गर्ने बताइन् । `हामीसँग जनताका थुप्रै आशा र विकासका एजेण्डा छन्, निर्वाचनपछि सबै पूरा गर्छाै ।´ नेतृ झाँक्रीले भनिन्, `त्यसका लागि मंसिर -४ सम्म सक्रियताका साथ गठबन्धनकाे पक्षमा प्रचार गर्नु आवश्यक छ ।´ अर्काे प्रसङ्गमा नेतृ झाँक्रीले यस क्षेत्रमा गाेकर्ण विष्टले २५ बर्षसम्म शासन गरेपनि विकासकाे अवस्था भने धेरै पछाडि रहेकाेले अब विकास परिवर्तन गर्नकाे लागि नेतृत्व परिवर्तन आवश्यक रहेकाे बताइन् । मालिका लगायतका क्षेत्रमा हावा लाग्दा बत्ती जाने, टेलिकमकाे टावरले काम नगर्ने, एक पटक पानी आए सडक बिग्रने लगायतका समस्या रहेकाेले त्यस्ता समस्या न्यूनिकरणकाे लागि आफ्नो जित आवश्यक रहेकाे बताइन् । साथै विष्टले पटक-पटक नेतृत्व गर्दा र आफुले एकपटक मात्रै नेतृत्व गर्दाका याेजना तुलना गर्न आफू तयार रहेकाे बताइन् । विगतमा मैले कहाँ भाेट राखे भन्ने भन्दापनि अब कहाँ राख्ने बिषय मुख्य रहेकाेले मंसिर -४ काे निर्वाचनमा कलम चिन्हमा मतदान गर्न आग्रह गरिन् । कार्यक्रममा नेपाली काँग्रेस, माअाेवादी केन्द्र, एकीकृत समाजवादी लगायतका राजनीति दलका विभिन्न तहका नेताहरू, दलका विभिन्न भातृ संगठनका प्रमुख एवम् प्रतिनिधि लगायतकाे उपस्थिति रहेकाे थियाे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता