छत्रकोटको गैरी खुट्टामा सामुदायिक स्वास्थ्य इकाईको उद्धघाटन



भदौ- ११ गुल्मी ।

छत्रकोट गाउँपालिकाको वडा नम्वर -६ गैरी खुट्टामा सामुदायिक स्वास्थ्य इकाईको उद्धघाटन गरिएको छ ।
गाउँपालिकाको वडा नम्वर पाँच र छ का जनतालाई पायक पर्ने गरी गैरी खुट्टामा सामुदायिक स्वास्थ्य इकाईको उद्धघाटन गरिएको गाउँपालिकाका अध्यक्ष मधु कृष्ण पन्तले जानकारी दिए ।
बिहिबार सामुदायिक स्वास्थ्य इकाईको उद्धघाटन गर्दै पन्तले सामुदायिक स्वास्थ्य इकाईले नागरीकलाई स्वास्थ्य सेवा प्रदान गर्ने सहज हुने बताए ।
स्वास्थ्य सेवा सर्वसुलभ र सहज बनाउन दुबै वडाका नागरीकको सहजताका लागी गैरी खुट्टामामा सामुदायिक स्वास्थ्य इकाईको सुरु गरिएको हो । सामुदायिक स्वास्थ्य इकाईमा दुई जना स्वास्थ्यकर्मी (अहेब र अनमि)को व्यवस्था समेत गरिएको छ ।

सामुदायिक स्वास्थ्य इकाई उद्धघाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष नर्मदा भण्डारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत पुण्य प्रसाद पौडेल,वडा नम्वर ६ का वडा अध्यक्ष थम्मन ज्ञवाली, वडा नम्वर पाँचका वडा अध्यक्ष कृृष्ण पन्त , गाउँपालिकाका कर्मचारी जनप्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता