चरीत्र हत्या गर्न खोजिएको भन्दै अर्यालको आपत्ति भ्रामक सूचनाको पछी नलाग्न जनतालाई अपिल !



 बैशाख २७ गुल्मी ।

गठबन्धनको तर्फ बाट मालिका गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका देवीराम अर्यालले विपक्षले विभिन्न अस्त्र प्रयोग गरि आफ्नो चरीत्र हत्या गर्न खोजेको बताएका छन । उनी विरुद्ध केही सञ्चार माध्यममा नकारात्मक समाचार आए पछि उनले त्यस खण्डन गर्दै उक्त समाचार झुट रहेको दावी गरेका छन ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै अर्यालले भनेका छन ” मालिका वासीले गठबन्धनलाई अपार माया दिए संगै जितको नजिक पुगेको अवस्था फरक दलका नेता तथा कार्यकर्ताले गठबन्धन विरुद्ध षड्यन्त्र गर्ने भौतिक आक्रमणको प्रयास समेत गरिरहेका छन् त्यस्तै आज पनि सञ्चार माध्यमको प्रयोग गरि म सङलग्न नरहेको सस्थाको नाम जोडी मेरो चरीत्र हत्या गरेका छन् जसमा सत्यता छैन ” । साथै अर्यालले भनेका छन “महिले यसको कानुनी उपचार खोजिरहेको छु र सम्बन्धि निकाय संग कारबाहीको माग समेत गर्द्छु ” ।

Open photo

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता