गुल्मीमा शुक्रबार १७ जनामा कोरोना पुष्टि,सक्रिय संक्रमित संख्या ६ सय ४५ पुग्यो



भदौ -११ गुल्मी ।

गुल्मीमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ सय १० जनामा गरिएको परिक्षणमा ८ जना पुरुष र ९ जना महिला गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा सबैभन्दा धेरै जिल्लाको छत्रकोट गाउँपालिकामा ५ जना,धुर्कोट गाउँपालिका ४ जना,त्यस्तै मुसिकोट नगरपालिका,चन्द्रकोट गाउँपालिका,रुरुक्षेत्र गाउँपालिका र इस्मा गाउँपालिकामा २/२ गरि १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सगै गुल्मीमा कोरोना सक्रिय संक्रमित संख्या ६ सय ४५ पुगेको छ।

त्यस्तै,पछिल्लो २४ घण्टामा निको हुनेको संख्या शुन्य रहेको छ । गुल्मीमा अहिले सम्म कुल ५ हजार ४२ जनाले कोरोना जितेका छन् । गुल्मीमा दोश्रो लहरको कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ९५ पुगेको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता