गुल्मीमा शुक्रबार थप ११३ जनामा कोरोना संक्रमण पुष्टि,२ जनाको मृत्यु !



गोकर्ण पाण्डे -जेठ ७ गुल्मी ।

गुल्मीमा थप एक सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। त्यस्तै २ जनाको मृत्यु भएको छ।
जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा एक सय १३ जना संक्रमण पुष्टि भएको हो। यो सँगै गुल्मीमा कोरोना संक्रमितको संख्या एक हजार छ सय ३६ पुगेको छ। त्यसै,गरि  कोरोना जितेर घर फर्केनेको संख्या चार सय ४० रहेको छ।

गुल्मीमा सक्रिय संक्रमितको संख्या एक हजार एक सय ३३ रहेको स्वास्थ्य कार्यालय गुल्मीका सि.आई.सि.टि अफिसर सुजन ढकालले जानकारी दिए ।जसमध्ये एक हजार एक सय दुई जना होम आइसोलेशन र ३१ जनाको संस्थागत आइसोलेशन उपचार भैई रहेको छ। पछिल्लो २४ घण्टामा गुल्मीमा थप २ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रेसुङा नगरपालिका दशका २९ वर्षीय पुरुष र चन्द्रकोट गाउँपालिका तीन का ४७ वर्षीय पुरुष रहेका छन्।यो सगै गुल्मीमा कोरोना संक्रमण बाट मृत्यु हुनेको सख्या ६३ पुगेको छ।
गुल्मीमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि गुल्मीमा यहि जेठ १५ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता