गुल्मीमा रेबिज बिरुद्धको सप्ताह व्यापी अभियान सम्पन्न



असोज १२ गुल्मी ।

पछिल्लो समय गुल्मी सदरमुकाम तम्घास आसपासमा भुसिया कुकुरको बिगबिगि बढेपछि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले सप्ताह व्यापी रेबिज बिरुद्धको अभियान सम्पन्न गरेको छ । “एकको लागि स्वास्थ्य सबैको लागि एक स्वास्थ्य´´ भन्ने मुल नाराका साथ असोज ६ गते देखि असोज ११ गते सम्म अभियान सञ्चालन गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका निमित्त कार्यालय प्रमुख हुमाकान्ता पाण्डेले बताए ।
सप्ताव्यापी कार्यक्रममा नि:शुल्क रेबिज विरुद्धको खोप लगाउने , जिल्ला प्रशासन कार्यालय अगाडी रेबिज रोगको बारेमा स्वास्थ्य सचेतनामुलक ब्यानर टाँस्ने,विद्यार्थीलाई रेविज रोगको बारेमा सचेतना प्रदान गर्ने र स्वास्थ्य सचेतनामुलक सामाग्री वितरण गर्नुका साथै सरोकार वाला निकाय संग अन्तरकक्रिया समेत गरिएको छ । अभियानमा ६० वटा कुकुरलाई रेबिज बिरुद्धको खोप लगाईएको छ ।
रेबिज रोगको कुनै उपचार नहुने तर समयमै खोप लगाए बच्न सकिने सन्देश प्रवाह गर्न सप्ताव्यापी रुपमा कार्यक्रम गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डाक्टर मदन भण्डारीले बताउनु भयो ।
गुल्मीमा अघिल्लो आर्थीक वषर्मा एक हजार तीन सय ७९ जना बिरामीले रेबिज बिरुद्धको खोप लगाएको गुल्मी अस्पतालले जानकारी दिएको छ ।
रेबिज बिरुद्धको खोप लगाउन हरेक महिना एक सय १५ जना भन्दा धेरै बिरामी अस्पताल आउने गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता