गुल्मीमा मास्क नलगाउनेबाट उठ्यो ६८ हजार बढी राजस्व



१४ असोज, गुल्मी।

गुल्मीमा मास्क प्रयोग नगर्नेलाई जरिवाना असुल्न सुरु गरेको दुई महिनामै ६८ हजार भन्दा बढी राजस्व सङ्कलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले गत साउन १२ गते देखी सार्वजनिक स्थानमा मास्क प्रयोग नगर्नेलाई कारबाही स्वरूप १०० रुपैयाँ जरिवाना असुल्न सुरु गरेको थियो ।

आज असोज १४ गतेसम्म ६८ हजार चार सय राजस्व जम्मा भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदार पन्तले  बताए ।

उनले भने, ” पहिलो पटक सम्झाई बुझाई गर्दै आएको र पटकपटक गल्ती दोहोराउने तथा नटेर्नेलाई कारबाही गरिएको हो ।”

यता, जिल्ला प्रशासनले पनि कारबाहीलाई यथावत अगाडि बढाउने जनाएको छ । प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले  भने, “कारबाहीको डरले भए पनि जनताले मास्क प्रयोग गर्न थालेका छन् हामी यसलाई निरन्तरता दिन्छौँ।”

उनले थपे, ‘मास्कको प्रयोगले कोरोनाको मात्रै जोखिम कम नभई धुलो धुवाँबाट बच्ने हुँदा अन्य सरुवा रोगबाट पनि सुरक्षित भइन्छ त्यसकारण मास्कको प्रयोग गरौँ।’

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता