गुल्मीमा माइता टीका लगाउन हिडेकी महिलाको खोलाले बगाएर मृत्यु !



असोज १९ गुल्मी ।
दशैको टीका लगाउन माइत जाने क्रममा एक महिलाको खोलाले बगाएर मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ५ वस्तुकि ४१ वर्षीया लक्ष्मी कुवरको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।
आज साझ ६ बजे तिर आफ्नो घर वस्तु बाट माइतीघर धुर्कोट गाउँपालिकाको पिपलधारा जाने क्रममा औरती खोलाले बगाएर उनको मृत्यु भएको हो । करिब एक किलोमीटर तल कुवरको शव भेटिएको प्रहरीले जनाएको छ ।
शवलाई पोस्ट मार्टमको लागि सदरमुकाम तम्घास ल्याउने प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता