गुल्मीमा पछिल्लो २४ घण्टामा २१ जनामा काेराेना संक्रमण पुष्टि, ९१ जना काेराेना संक्रमण मुक्त



गोकर्ण पाण्डे

३ असार, गुल्मी । गुल्मीमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एन्टिजेन परिक्षण गर्दा २० जना र पिसिआर परिक्षण गर्दा १ मा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ ।

जिल्लाकाे रेसुङ्गा नगरपालिकामा ९ जना, रुरुक्षेत्र गाउँपालिकामा १ जना, छत्रकाेट गाउँपालिकामा ३ जना, कालिगण्डकी गाउँपालिकामा ६ जना, धुर्कोट गाउँपालिकामा १ जना र मालिका गाउँपालिकामा १ जना गरि जम्मा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । याे सँगै गुल्मीमा काेराेनाका सक्रिय संक्रमितको संख्या ३१४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९१ जना काेराेना संक्रमण मुक्त भएका छन् । अहिलेसम्म कुल २ हजार ६८९ जना कोरोना मुक्त भएर घर फर्किएको जनस्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । दाेस्रो काेराेना लहरका कारण गुल्मीमा ८९ जनाले ज्यान गुमाएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता