गुल्मीमा पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु !



गोकर्ण पाण्डे- जेठ १८ गुल्मी ।
गुल्मीमा मगलवार थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा ३१ जना संक्रमित देखीएका छन्।
जिल्लाको रेसुङा नगरपालिकामा एक जना, चन्द्रकोट गाउँपालिकामा ११ जना,सत्यवती गाउँपालिकामा १६ जना, इस्मा गाउँपालिकामा दुई जना, गुल्मीदरबार गाउँपालिकामा एक जना गरि ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या छ सय सात पुगेको छ।
त्यस्तै,पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल एक हजार छ सय २५ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ। सत्यवती गाउँपालीका वडा नम्बर ४ का ९८ वर्षिय पुरुष,सत्यवति गाउँपालीकाकै ४ २वर्षिय पुरुष, र कालीगण्डकी गाउँपालीकाका ७८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मत्यु भएको छ ।यो सँगै दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ८१ पुगेको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता