गुल्मीमा ट्याक्टरले किच्दा २२ वर्षीय युवाको मृत्यु



२७ माघ गुल्मी ।

गुल्मीमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका‐२ पिपलधारामा लु ४ त ७६५६ नम्बरको ट्याक्टरको बीच पाङ्ग्राले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

नादी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्याक्टरमा सवार परियार दिउँसो साढे चार बजे अचानक ट्याक्टरबाट खसेको र बीचको पाङ्ग्राले किच्दा मृत्यु भएको हो  । मृतक सु्वास लु ३ त ७४७१ नम्बरको ट्याक्टरका सहचालक हुन ।

सुवासलाई किच्ने ट्याक्टरका चालक सागर र ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको छ । मृतक सुवासको शव पोष्मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता