गुल्मीमा जिप दुर्घटना एक जना घाईते !



भदौ -१४ गुल्मी ।

गुल्मीमा जिप दुर्घटना भएको छ । जिल्लाको मदाने गाउँपालिका तीन सिर्सेनी बाट सदरमुकाम तम्घास आउदै गरेको लु २ च ६०७४ नम्वरको जिप इस्मा गाउँपालिका ६ शान्ती बगैचा भन्ने स्थानमा दुर्घटना भएको हो । बेक्र फेल भएर जिप दुर्घटना भएको बताईएको छ । दुर्घटनामा परी जिपमा सवार ६१ वर्षीय शंकर विक घाईते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी (डिएसपी) पुरुषत्तम पाण्डेले बताए । जिपमा पाँच जना सवार रहेको र अन्य चार जना सामान्य रहेको गुल्मी प्रहरीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता