गुल्मीमा जंगली जनावरको आक्रमणबाट एक जना घाइते, जनावर पहिचानका लागि अनुसन्धान गर्दै वन कार्यालय



८ फागुन, गुल्मी । गुल्मीमा जंगली जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपलिका १ उजुङका ५५ वर्षीय खेत बहादुर खत्री घाइते भएका हुन् ।

आज बिहान ७:३० बजे उजुङको जङ्गलमा उनलाई जंगली जनावरले आक्रमण गरेको स्थानीय रोशन कुँवरले जानकारी दिए ।

स्थानीयले उनलाई पाटे बाघले आक्रमण गरेको भने तापनि यस विषयमा जिल्ला वन कार्यालय गुल्मीले पुष्टि गरेको छैन । जंगली जनावरबाट आक्रमण भएको तर पाटे बाघ, चितुवा वा अरु जंगली जनावार हो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले बताए ।

जंगली जनावारको आक्रमणबाट घाइते भएका खत्रीको तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता