गुल्मीमा चितुवाको छालासहित २ जना पक्राउ !



सन्तोष महतारा, गुल्मी १३ असोज 

गुल्मीमा चितुवाको छाला सहित २ जनालाई पक्राउ गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका ३ मा रहेको घिमिरे होटल एण्ड लजबाट २ जनालाई चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चितुवाको छालाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा होटलको कोठाबाट छत्रकोट गापालिका २ भेडुवाका गणेश खनालका २७ वर्षीय छोरा सुमन खनाल र सोही ठाउँका मोतिलाल सार्कीका ३१ वर्षीय छोरा हरि बहादुर सार्कीलाई चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

पक्राउ परेका २ जनालाई आवश्यक कार्बाहीको लागी सब-डिभिजन बन कार्यालय रिडीसँग आवश्यक समन्वय भइरहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता