गुल्मीमा आफ्नै श्रीमतीलाई जबरजस्तीकरणी गरेको आरोपमा श्रीमान पक्राउ



सागर भण्डारी,गुल्मी

गुल्मीमा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा मदाने गाउँपालिका-४ पुरका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

२४ वर्षीय पीडित श्रीमतीले आफुलाई श्रीमानले वैवाहिक जवर्जस्ती करणी गरेको जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

पक्राउ परेका पुरुषलाई वैवाहिक जवर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको समेत खरेलले बताउनुभयो ।

श्रीमानले आफुलाई डर, धाक, धम्की दिई पटक पटक इच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको भनी पिडित श्रीमतीले प्रहरीमा जाहेरी दिएकी थिईन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता