गुल्मीका किशोरीलाई आत्मरक्षा तालिम



सूर्य सुनार जेठ १४ गुल्मी ।

गुल्मीको रेसुङ्गा नगरमा महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले दुई सय किशोरीलाई आत्मारक्षा तालिम प्रदान गरिएको छ । देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना मौलाउदै गएको बेला नेपाल तेक्वान्दो संघ गुल्मीको आयोजनामा किशोरीलाई तीन महिने आत्मारक्षा तालिम दिइएको हो ।
शनिबार जिल्ला सदरमुकाम तम्घासमा नेपाल तेक्वान्दो संघ गुल्मीको आयोजनामा ३ महिने किशोरी आत्मारक्षा तालिमको उद्धघाटन गरिएको हो । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा संघले कार्यक्रमको आयोजना गरेको हो ।
महिला तथा किशोरीहरुमाथि अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि यो तालिमले धेरै कुरा सिकाएको रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रामप्रसाद पन्थीले बताए । थोरै समयमा धेरै कुराहरु सिक्नु पर्ने भएकाले अनुशासित, र समयको महत्व बुझेर सिक्न उनले आग्रह गरे ।
देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना न्यूनिकरण गर्न यो तालिमले सहयोग पुग्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले बताए । बालिका, किशोरीदेखि महिलामाथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथीहरुलाई सिकाउन सके राम्रो प्रभाव पर्ने कार्यालय प्रमुख विश्वकर्माको भनाई थियो ।
सुरुआती चरणमा आक्रमणबाट कसरी बच्ने, संवेदनशील अंगमा बचावट गर्नेदेखि उल्टै प्रहार गर्नेलगायतका गतिविधि प्रशिक्षण दिने नेपाल तेक्वान्दो संघ गुल्मीका अध्यक्ष गिरीप्रसाद महाकिमले बताए । तालिममा नगरका माध्यामिक विद्यालयबाट तालीममा २ सय जना किशोरीको सहभागिता रहेको छ । कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य भरत थापा लगायतको उपस्थित रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता