खेलकुद कार्यालय गुल्मी द्वारा १ महिनाको भाडा छुट, व्यवसायीको चित्त भने बुझेन ।



असोज १६ गुल्मी ।

जिल्ला खेलकुद कार्यालय गुल्मीले एक महिनाको सटर भाडा छुट गरेको छ ।
कोरोना भाइरसका कारण व्यवसायीहरु मारमा परेकोका कारण केहि सहुलियत दिइएको खेलकुद कार्यालय गुल्मीले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को निर्देशन तथा जिल्ला खेलकुद विकास समिती गुल्मीको निर्णय अनुसार सटर भाडा छुट गरिएको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए ।

खेलकुद कार्यालयले आफ्ना पाँच वटा सटर फरक फरक मुल्यमा भाडामा दिएको छ । यसरी एकमुष्ट एक लाख १२ हजार सात सय ५५ रकम छुट दिएको हो ।
तर यता व्यवसायी भने खेलकुद कार्यालयको निर्णय प्रती असुन्ष्ट रहेका छन । उनीहरुले लकडाउन अबधिको ५० प्रतीशत रकम छुट पाउनु पर्ने माग राखेका छन । साथै एक महिनाको भाडा छुटले आफुलाई केहि सहुलियत नहुने उनिहरुको धाराण रहेको छ ।
यद्यपि खेलकुद कार्यालयले भने केन्द्र र समितिको निर्णय अनुसार काम गरेको उल्लेख गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता