कात्तिक १५ देखि २५ गते सम्म पहिलो गुल्मी महोत्सव हुँदै,६० करोडको कारोबार हुने अपेक्षा



असोज १३ गुल्मी ।

गुल्मी उद्योग संघको आयोजनामा कात्तिक १५ देखि असोज २५ गते सम्म प्रथम गुल्मी महोत्सव हुने भएको छ ।
आज सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरि आयोजकले महोत्सवको बारेमा जानकारी गराएको हो ।
उद्योग ,कृषि र पर्यटनमा उनिएको थुङ्गा ,समुन्त गुल्मीका लागि जाउ ,हिड रेसुङ्गा भन्ने मुल नाराका साथ प्रथम गुल्मी महोत्सव आयोजना गरिएको छ ।
गुल्मी जिल्लाको कृषि ,उद्योग र पर्यटनलाई बढावा दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ ।
महोत्सवले स्थानीय स्तरमा उत्पादन भएको कृषि उपज,स्थानीय कला संस्कृती,मौलिक भेषभुसा र पर्यटकीय स्थान प्रचार प्रसारमा टेवा पुराउने गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले बताउनु भयो ।
महोत्सवमा जिल्लाका १२ वटा स्थानीय तहको स्थानीय उत्पादनको बिक्रीवितरणको लागि १२ वटा स्टल उपलब्ध गराउने,स्थानीय व्यवसायीलाई स्टलमा ३० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
उपल्लो तम्घासमा हुने महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र ६० करोडको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता