कल्पना र तिलकको माया बल्ल सुरु (भिडियो सहित)



२२ माघ, गुल्मी ।

गायिका कल्पना कुसुम र गायक तिलक बस्नेतको माया बल्ल सुरु भएको छ । तर यो खास माया सुरु भएको कथा गीतमा मात्रै हो ।
गायक तिलक र गायिका कल्पनाको पञ्चे बाजाको गीतमा मात्रै उनिहरुको माया सुरु भएको हो । माघ महिनामा बिहेको लगनको महिना यसैलाई मध्य नजर राखेर पञ्चे बाजाको गीत ‘गुल्मी रेसुङ्गा’ सार्वजनिक भएको छ ।
गुल्मी जिल्लाको पर्यटकीय क्षेत्र रुरु र रेसुङ्गा क्षेत्रलाई जोडेर तयार पारिएको पञ्चे बाजाको गीतमा माया प्रेमका कथा बस्तु रहेका छन् । गीतमा ‘माथी पर्यो रेसुङ्गा तल रुरु छ’ ‘अरुको त के भयो हाम्रो माया बल्ल सुरु छ’ भन्ने बोलको रहेको छ ।
गीतले भने जस्तै माथी रेसुङ्गा तल रुरु छ । यी दुबै क्षेत्र गुल्मीका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र हुन् ।
यी क्षेत्रसँग जोडेर तयार पारिएको गीतमा माया प्रेमको सुरुवात भएको कथा वस्तु पाउन सकिन्छ । गुल्मी जिल्लाका बिभिन्न स्थानमा छायाङकन गरिएको गीत सार्वजनिक भएको केहि समयमै धेरै रुचाइएको छ ।
पञ्चे बाजाको गीतमा गायक तिलक बस्नेत र गायिक कल्पना कुसुमको स्वर रहेको छ । नेत्र अर्यालको शब्द तिलक बस्नेतको लय रहेको छ । गीत गीतकार नेत्र अर्यालको आफनै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतको पुरा भिडियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता