उपल्लो तम्घास माविका विद्यार्थीलाई विद्युतिय चुलो र खेलकुद सामग्री सहयोग



गुल्मी, २७ चैत ।
उपल्लो तम्घास माविमा फरक क्षमता भएका विद्यार्थीलाई बिद्युतिय चुलो तथा खेलकुद सामग्री वितरण गरिएको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले १३ औ बार्षीक उत्सवको अवसरमा बिद्युतिय चुलो तथा खेलकुद सामग्री प्रदान गरिएको संस्थाका शाखा प्रबन्धक इश्वरी गौतमले बताए । सस्थाले आर्थिक क्रियाकलापसंगै सामाजिक कल्याणका कामहरु पनि गर्ने भएकाले उपल्लो तम्घास माविमा फरक क्षमता भएको बिद्यार्थीलाई सहयोग गरेको गौतमले बताए । उनले नेपालकै उत्पादन र नेपाली बिद्युतबाटै संचालन गर्न सकिने इन्डक्सन चुलो, कुकर र खेलकुदका लागि सामग्री प्रदान गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथी रेसुंगा नगरपालिका वडा नं ९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेयले सामाजमा लघुबित्तको बारेमा थुप्रै भ्रमहरु सृजना भएकाले सवैलाई एउटै डालोमा राखेर व्याख्या र व्याहार गर्न नहुने बताए । उनले केहि राम्रो गर्ने लघुबित्त पनि भएकाले आफ्नो लगानीमा ख्याल गर्न संस्था र क्रृणीलाई आग्रह गरे । विद्यालयका निमित्त प्रध्यानाध्यापक मोति प्रसाद गौतमले बिद्यालयलाई सहयोग गर्ने संस्थालाई धन्यबाद दिए । बिद्यालयमा २४ जना फरक क्षमता भएका विद्यार्थी छन् । कार्यक्रममा वडा सदस्य, विद्यालय व्यावस्थापन समितिका पदाधिकारी तथा शिक्षक लगायतको उपस्थिती रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता