इस्मा दर्लामचौरका घर-घरमा खानेपानीको धारा पुगेपछि स्थानीय हर्षित



चैत ३ गुल्मी ।
गुल्मीको इस्मा गाउँपालिका तीन दर्लामचौरमा घर घरमा खानेपानीको धारा पुगेपछि स्थानीय खुसी भएका छन् । सिस्ने काफ्लारुख लिफ्टङ खानेपानी आयोजना अन्तर्गत वडा नम्बर तीनका ७६ घरपरिवारमा खानेपानीको धारा पुगेको हो ।
आयोजनाको बिहिवार गुल्मी २ का प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री गोकर्ण विष्टले उद्वघाटन गरेका हुन । उद्वघाटन गर्दै विष्टले आफुहरुले बोलेको कुरा पुरा गर्दै आएको बताएका छन ।
हामीले चुनावमा जे बाचा प्रतिबद्धता जनाएका छौं त्यो पुरा गरेको गरेका छौ । उनले भने “२०५६ सालमा निस्ती खोलाको शिरको पानी खुवाउछौ भनेको थियौं त्यो पुरा गर्यौ “। धेरै कठिनाईका बाबजुद ७२ किलोमीटर लामो शाखा लाईन खनेर पुरा गरेको बताए । इस्माका सबै जनताको घर घरमा पानीका धारा पुराउन नसके पनि ७० प्रतिशत घरमा पानीका धारा पुगेको र बाकी घरमा पनि छिट्टै खानेपानीको धारा पुग्ने बताए ।
तीन वर्ष अघि देखी सञ्चालीत उक्त खानेपानी आयोजनामा ३१ लाख रकम खर्च भएको छ । साथै थप २४ घरधुरीलाई पानी खुवाउने उदेश्यले जिल्ला खानेपानी कार्यालय गुल्मीको तीन लाख आर्थिक सहयोगमा ट्याङ्की बनाउने काम चलिरहेको वडा अध्यक्ष तोयनाथ सापकोटाले बताए ।

इस्मा गाउँपालिकामा अझै चार वटा ठुला खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा रहेका छन । यि आयोजना सम्पन्न हुन साथ सबैको घरमा खानेपानी पुग्ने गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले बताए । अहिले ८० प्रतिशत जनताको घरमा खानेपानी पुगेको विष्टको दावी छ । आफ्नो कार्यकालमा सबै जनताको घरमा पानी पुराउने चुनावी बाचा पुरा हुने उपाध्यक्ष बिमला खत्रीले बताईन ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता