इस्मा गाउँपालिका द्वारा सवारी चालकलाई ध्वनि प्रदुषण सम्बन्धि सचेतना शिक्षा प्रदान !



असार २ गुल्मी ।
गुल्मीको इस्मा गाउँपालिकाले सवारी चालकलाई वातावरणीय ध्वनि प्रदुषण सम्बन्धि सचेतना शिक्षा प्रदान गरेको छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडक खण्ड अन्तर्गत इस्मा गाउँपालिकाको वडा नम्बर १ छल्दीमा कार्यक्रम सम्पन्न भएको हो ।
दुर्घटनालाई न्यूनीकरण लागि गाउँपालिकाले जिल्ला ट्राफिक कार्यालय संग समन्वय गरि कार्यक्रम गरेको हाे । ट्राफिक सहायक हवल्दार यम बहादुर महतले जथाभावी हर्न नबजाउने ,जुनसुकै ठाउँमा ओभरटेक नगर्ने, जहाँ पायो त्यहीँ बाट यात्रु नचढाउने , जथाभावी यात्रु नराख्ने, यात्रुलाई बाटो काट्न प्राथमिकता दिने जस्ता बिषयमा अभिमुखिकरण दिएको बताए ।

त्यस्तै कार्यक्रममा उपस्थित गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले गाउँमा अनावश्यक हर्न नहान्ने, हेल्मेट लगाएर मात्रै बाइक चलाउने , सवारीसाधन मर्मत समयमै गरि सञ्चालन गर्ने जस्ता बिषयमा जानकारी दिईन ।
कार्यक्रममा ६० जना बढि चालक सहचालक सहभागी थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता