इस्मा गाउँपालिकाले एकल पुरुषलाई मासिक १ हजार सामाजिक सुरक्षा भत्ता दिने



अनिल खत्री
२१ चैत, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले एकल पुरुषाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँपालिकाले ५५ वर्ष माथिक एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता स्वरुप मासिक १ हजार रुपैयाँ दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले बताउनुभयो ।
पालिकाले वार्षिक निति तथा कार्यक्रम बमोजिम एक पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो । हालसम्म पालिका भित्र रहेका ७० जना एक पुरुषले सामाजिक सुरक्षा भत्ता पाउने तथ्याङक रहेको छ ।
राज्यले एकल महिलाई पुनरुत्थान गर्न सामाजिक सुरक्षा भत्ता दिने गरेपनि एकल पुरुषलाई बिभेद गरेकाले गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिन थालिएको उपाध्यक्ष कुँवलरे बताउनुभयो । एकल महिला पुरुषको बिभेदलाई न्यूनिकरण गर्नु पर्छ भनेर पालिका भित्रका एकल पुरुषलाई भत्ता दिन थालेको गाउँपालिकाले जनाएको छ ।
एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने नविक प्रकृतिको कार्य भएको कुँवरले दावी गुर्नभयो । पुरुषले वडाबाट एकल पुरुषको सिफारिको आधारमा भत्ता पाउने छन् ।
पालिकाले एकल पुरुषलाईसामाजिक सुरक्षा भत्ता दिन परिचयपत्र बनाउने कार्य गरिरहेको छ । पालिका भित्रका एकल पुरुषले अरु सरह सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बेलामा उनिहरुलाई पनि वितरण हुनेछ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता