इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौड्यालको बिदाई !



चैत २६ गुल्मी ।
गुल्मीको इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौड्यालको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।
विगत १० महिना देखि कार्यरत पौड्याललाई आज अबिर ,फुल,माला र मायाको चिनो प्रदान गरि बिदाइ गरिएको हो ।
बिदाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले , प्रमुख प्रशासकीय अधिकृत पौड्यालको उच्च सफलताको कामना गर्दै आफ्नो कार्यकालमा इस्मामा सफल र राम्रा काम गरेको उल्लेख गरे ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत पौड्यालले इस्मा गाउँपालिकामा काम गर्दा धेरै सिक्ने र अनुभव लिने अवसर मिलेको बताए ।
सहज पहुँच ,सरल,मिनलसार र अरुको कुरा सुन्ने बानी यहाँका जनप्रतिनिधिको रहेको बताउदै त्यस बाट आफू प्रभावित भएको उल्लेख गरे ।
कार्यक्रममा इस्मा गाउँपालिका १ का वडा अध्यक्ष शेर बहादुर कुवर,शिक्षा शाखाका प्रमुख लाल बहादुर कुवर लगायतले शुभकामना मनतव्य राखेका थिए ।
बिदाई तथा फेरि भेटौला कार्यक्रममा इस्मा गाउँपालिकाका उपाध्यक्ष पार्वती कुवर,वडा अध्यक्ष ,कार्यपालिकाका सदस्य ,कर्मचारी लगायतको उपस्थित रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता