इस्मामा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगीता सुरु,दुई सय बढि खेलाडी सहभागी



टोपलाल अर्याल
गुल्मी, २२ बैशाख ।

गुल्मीको इस्मा गाउँपालिका–३ दर्लामचौर ठाढुङ्गामा खुल्ला लुम्बिनी प्रदेश स्तरीय डब्लु. टि.एफ. तेक्वान्दो प्रतियोगीता सुरु भएको छ । प्रतियोगीताको लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गरे ।

साढे दुई बर्ष पहिले स्थापना भएको इस्मा दोजाङ्गले अहिले प्रथम खुल्ला प्रदेश स्तरीय डब्लु टि.एफ तेक्वान्दो आमन्त्रण प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगीतामा गुल्मीसहित अर्घाखाँची, रुपन्देही, नवलपरासी, बाँके र रोल्पाका दुई सय बढि खेलाडी र प्रशिक्षक सहभागी भएका छन् । पहिलो दिन केहि खेल फाइनल भएपनि धेरै सेमि र क्वाटर फाइनल भएको इस्मा डोजाङ्गका अध्यक्ष बसन्त घिमिरेले जानकारी दिए ।

प्रतियोगितामा २४ देखि ६१ केजी तौल भएका खेलाडीबिच प्रतिस्प्रर्धा हुनेछ । दुई दिनसम्म एकल स्पाईरिङ, सामुहिक स्पाईरिङ लगायतका प्रतियोगिताहरु संचालन गरिने आयोजकले जनाएको छ । प्रतियोगीतामा बिजेताले २५ हजार, उपबिजेताले १५ र तृतिय हुनेले १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगीता संचालन गर्न प्रशिक्षक र खेलाडीले घर–घरमा चन्दा संकलन गर्नुपर्ने बाध्यतामा छन् गरिरहेका छन् । खेल व्यावस्थापनको लागि आयोजकले सात लाख बजेको अनुमान गरेको छ । तर, अहिलेसम्म डेढ लाख रुपैयाँ संकलन भएको प्रशिक्षक दिपक घर्तिले बताए ।
उनले गाउँमा दुई सय बढि खेलाडी व्यावस्थापन, प्रशिक्षक, खर्च र पुरस्कारको जोहा गर्न डोजाङ्गलाई निकै चुनौति रहेको बताए । मातृभूमिको माया र पहिचानको लागि अनुमान गरिएको कुल सात मध्ये साढे पाँच लाख घाटा बजेट हुँदा पनि सहयोगको अपेक्षासहित प्रतियोगीता आयोजना गरिएको घर्तिले प्रतिक्रिया दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता