इस्माको हस्तिचौर पालिकाकै पहिलो पूर्ण संस्थागत प्रसुति वडा घोषणा



असार ४ गुल्मी ।

इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरलाई पालिकाकै पहिलो पूर्ण संस्थागत प्रसुति वडा घोषणा गरिएको छ । इस्मा गाउँपालिका स्वास्थ्य शाखाले सोमबार हस्तिचौर स्वास्थ्य चौकीमा घोषणा सभाको आयोजना गरि पूर्ण संस्थागत प्रसुति वडा घोषणा गरिएको हो । इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले वडा नम्बर १ हस्तिचौर र हस्तिचौर स्वास्थ्य चौकीलाई सम्मानपत्र दिँदै वडालाई पूर्ण संस्थागत प्रसुति वडा घोषणा गर्नुभयो ।

पूर्ण संस्थागत प्रसुति वडा घोषणा गर्नका लागि सबै मापदण्ड पूरा गरेर वडालाई पूर्ण संस्थागत वडा घोषणा गरिएको हस्तिचौर स्वास्थ्य चौकीका इञ्चार्ज शमशेर हक मियाँले जानकारी दिए । उनका अनुसार गएको एक वर्षमा वडा भित्रका गर्भवती महिलाहरूले स्वास्थ्य चौकीमा मात्र प्रसुति गराएका छन् । हस्तिचौर वडामा घरमा प्रसुति हुने अवस्थाको अन्त्य भएको छ ।

हस्तिचौर वडाका वडाध्यक्ष शेर बहादुर कुँवरले आर्थिक र सामाजिक अवस्था कमजोर हुँदाहुँदै पनि वडालाई पूर्ण संस्थागत प्रसुति वडा घोषणा गर्न सकिएकोमा खुसी ब्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडालाई पूर्ण संस्थागत प्रसुति घोषणा गर्दै गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले स्वास्थ्य क्षेत्रमा संवेदनशील भएर काम अगाडि बढाएको बताए । नागरिक मैत्री सेवाको लागि इस्मा गाउँपालिका सदैव तयार रहेको बताउँदै गाउँपालिका अध्यक्ष खड्काले स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरेको बताएका थिए

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता