आज तीजकै दिन युएईमा बन्धक बनाइएकी गुल्मेली चेलीको उद्धार



प्रेम सुनार गुल्मी ।
युएईमा बन्धक बनाइएकी गुल्मीकी एक युवतीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीको सहयोगमा मंगलबार ९तीजकै दिन० उद्धार गरेर नेपाल फर्काइएको छ । गुल्मीको इस्मा गाउँपालिका–२ की २० वर्षीय सपना नेपाली (नाम परिवर्तन) लाई मानव तस्करहरूले बन्धक बनाएका थिए ।

ओमनको मस्कट हुँदै मंगलबार बिहान साढे ८ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेकी उनलाई मंगलबार नै गुल्मी पठाइएको छ । सात वर्षकै उमेरमा अर्काको घरमा काम गर्न गुल्मीको रिडीमा बसेकी उनी एसईईको परीक्षापछि विदेश गएकी थिइन् ।विदेशको बेदना सुनाउँदै उनले भनिन्, ‘हामी १४÷१५ जना दिदीबहिनीहरु एउटै कोठामा बन्धक थियौं, बाहिर हिँड्न दिँदैनथे ।’ आफूहरुलाई त्यहाँबाट इराक पठाउने तयारी भइरहेको अवस्थामा आफन्तलाई खबर गरेपछि उद्धार गरिएको उनले बताइन् । आफूसँगै रहेका अन्यको भने उद्धार हुन बाँकी रहेको उनले बताइन् ।गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालले गुल्मेली चेलीको उद्धार गर्न सफल भएकोमा खुसी ब्यक्त गरे । ‘विदेशमा छोरी बन्धक भएको उजुरी लिएर उनकी आमा प्रशासनमा आउनु भएको थियो, हामीले उनको उद्धारका लागि गृह मन्त्रालय, वैदेशिक रोजगार विभागदेखि विभिन्न निकायमा समन्वय ग¥यौं,’ प्रजिअ पौड्यालले भने, ‘अन्ततः सबैको प्रयासले उनको उद्धार भयो ।’

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता