अखिल (क्रान्तिकारी) गुल्मी द्वारा भित्तेपात्रो विमोचन



बैशाख १० गुल्मी ।
नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) गुल्मीले भित्तेपात्रो विमोचन गरेको छ ।
आइतबार पाटी कार्यालय सदरमुकाम तम्घासमा नयाँ वर्ष २०८० को भित्तेपात्रो विमोचन गरिएको हो ।
पार्टीका वैकल्पिक केन्द्रिय सदस्य जिल्ला इन्चार्ज वीर बहादुर कार्की,निम बहादुर पाण्डे ,प्रदेश सचिवालय सदस्य तथा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल ,जिल्ला सचीव अशोक थापा ,विद्यार्थी सङठनका जिल्ला अध्यक्ष राजन पोख्रेलले संयुक्त रुपमा भित्तेपात्रो बिमोचन गरेका हुन ।

संगठनलाई चुस्त दुरुस्त , गतिशिल बनाउने, अखिल (क्रान्तिकारी) प्रती विद्यार्थीको आकर्षण जगाउने उदेश्यले भित्तेपात्रो प्रकाशन गरिएको अध्यक्ष राजन पोख्रेलले बताए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि जिल्ला इन्चार्ज वीर बहादुर कार्कीले विद्यार्थी सङठनलाई धन्यवाद ज्ञापन गर्दै विद्यार्थी हक हितको लागि आवाज उठाउन आग्रह गरे । अखिल (क्रान्तिकारी) सदैब सकारात्मक र रचनात्मक काममा लाग्न उनले निर्देशन समेत दिए । भित्तेपात्रो बिमोचन कार्यक्रममा जिल्ला इन्चार्ज भरत चंदले प्रशिक्षण मन्तव्य राखेका थिए । भित्तेपात्रो बिमोचन कार्यक्रम अखिल (क्रान्तिकारी )गुल्मीका कोषाध्यक्ष हुमाकान्त पोख्रेलको स्वागत मन्तव्य, अध्यक्ष राजन पोख्रेलको अध्यक्षता र सचिब किसान पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता