अखिल (क्रान्तिकारी) गुल्मी द्वारा संगठन विस्तार अभियान सुरु !



जेठ -२७ गुल्मी ।
नेपाल कम्युनिस्ट पाटी निकट अखिल (क्रान्तिकारी) गुल्मीले सङठन विस्तार अभियानलाई तिव्रता दिएको छ । यसै बिच बिहीबार जिल्लाका दुई वटा विद्यालयमा उसले आफ्नो सङठन विस्तार गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १० को भवतती मावी र वडा नम्बर ११ को राङबास माविमा कमिटी विस्तार गरिएको अखिल (क्रान्तिकारी) गुल्मीका संयोजक राज खड्काले जानकारी दिए । भवगती माविमा विवेक घिमिरेको अध्यक्षयतामा १२ सदस्यीय र राङाबास माविमा सन्दिप पाण्डेको अध्यक्षमा ३२ सदस्यीय कमिटी गठन गरिएको छ । जिल्ला संयोजक राज खड्का र सदस्य शिभ भुसाल नेतृत्वको टोलीले कमिटी गठन गरेको हो । साथै विद्यार्थीहरुलाई वैज्ञानिक शिक्षा प्रणालीको बारेमा जानकारी गराउनुका साथै शैक्षिक मुद्दा , शैक्षिक माफियाको विरुद्ध मैदानमा उत्रन समेत अपिल गर्दै प्रशिक्षण दिईएको थियो ।
साथै जिल्लाका अन्य विद्यालयमा पनि संगठन विस्तार सुदृढीकरण गर्दै शैक्षिक माफिया विरुद्ध मोर्चा कस्दै सबै विद्यार्थीलाई संगठित गर्ने अखिल (क्रान्तिकारी) गुल्मीले बताएको छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता