तमानका पहिरोमा ज्यान गुमाएका परिवारलाई १/१ लाख , पाँच घर गाउँपालिकाले बनाइदिने




कौरव खत्री  बाग्लुङ्ग २३ साउन ।
बागलुङको तमानखोला गाउँपालिकाले आफनो गाउँपालिकामा गत साउन १९ गतेको पहिरोका कारण ज्यान गुमाएका घाइते भएका र घरमा क्षती भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

गाउँकार्यपालिकामा बुधवार बसेको बैठकले पहिरोमा पुरिएर ज्यान गुमाएका ३ जनाको घरपरिवारलाई प्रति मृतक १ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र गम्भीर घाईते पोखरामा उपचार गराइ राखेका  ३ जनालाई प्रति व्यक्ति रु ५० हजार र सामान्य घाईते भएका ४ जनालाई प्रति व्यक्ति २०/२० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए  ।


साथै सोहि बैठकको निर्णय अनुसार ५ घर पुर्ण रुपमा पहिरोले क्षति पु¥याएका कारण गाउँपालिकाले चाँडै  घर निर्माण गरिदिने अन्य ३ घर आँशिक क्षति भएका कारण दुई घरलाई प्रति परिवार १०/१० हजार र १ घरका लागि ५ हजार रुपैयाँका दरले तत्काल राहत रकम उपलब्ध गराउने निर्णय भएको अध्यक्ष बुढाले बताए ।
त्यसैगरी गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधीले पाउने सेवा सुविधा वापत एक महिनाको पचास प्रतिशत रकम र कर्मचारीको तर्फबाट एक महिनाको पाँच दिन बराबरको तलब समेत पिडित परिवारलाई उपलब्ध गराउने निर्णय भएको छ ।
गत साउन १९ गते गएको पहिरोका कारण तमान गाउँमा अझै ७ घर पहिरोको जोखिममा रहेका छन्  । पीडित परिवारलाई थप सहयोग पु¥याउन तमानक्षेत्रका युवाहरुले बुर्तिबाङ काठमान्डौ लगाएतका क्षेत्रमा आर्थिक सहयोग अभियान सुचारु गरेका छन् । गाउँपालिकाले घर भत्किएका तथा घाइतेलाई खाद्यान्न तथा बासको व्यवस्थापनमा सहयोग गरेको हो । ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता