मालिकाका शिक्षकलाई सेवा प्रवेश तथा एकीकृत पाठ्यक्रम सम्बन्धि प्रशिक्षण



बैशाख १४ गुल्मी ।
मालिका गाउँपालिकाका ८० जना शिक्षकलाई सेवा प्रवेश तथा एकीकृत पाठ्यक्रम सम्बन्धि दुई दिने प्रशिक्षण दिईएको छ ।
१५ जना नव प्रवेशी शिक्षक र ६५ जना प्रावि तहका शिक्षकलाई प्रशिक्षण दिईएको शिक्षा शाखाका प्रमुख भुम घर्ती मगरले बताए ।
प्रशिक्षार्थीहरूलाई एकीकृत पाठ्यक्रम ,निरन्तर विद्यार्थी मुल्यांकन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । त्यस्तै नव प्रवेशी शिक्षकलाई शिक्षण पेसाका चुनौती ,समाधानका उपाय,शैक्षिक गुणस्तर वृद्धि ,सहज शिक्षण सिकाईका विधि लगायतको बारेमा प्रशिक्षण दिईएको शिक्षाका सुरज जिसीले उल्लेख गरे ।
तालिमको सहजीकरण शिक्षक वासुदेव घिमिरे र केशब राज पराजुलीले गरेका थिए ।
मालिका गाउँपालिकाले यस वर्ष शैक्षिक सुधार वर्ष घोषणा गरेको छ । घोषणा कार्यक्रमलाई प्रभावकारी र ब्यवहारमा लागू गर्न शिक्षक तथा विद्यार्थी प्रोत्साहन ,विभिन्न किसिमका प्रशिक्षणका कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता