मालिकाको नयाँ काम : उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार नगद दाम !



फागुन २८ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाले आफ्नै लोगो (प्रतीक चिन्ह ) बनाउने भएको छ ।

गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दैगाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकोले इच्छुक व्यक्तिहरुका लागि सार्वजनिक रुपमा आह्वान गरेको हो ।
उत्कृष्ट लोगो बनाउनेलाई नगद २५ हजार सहित सम्मान गर्ने गाउँपालिकाका सूचना प्रविधि अधिकृत जगत पौडेलले बताए ।

गाउँपालिकाको भूगोल, जनजीवन, ऐतिहासिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवम् अन्य विशिष्ट पहिचान झल्कने लोगोलाई विशेष प्रथामिकता दिने अध्यक्ष देवीराम अर्यालले बताए ।

गाउँपालिकाको लोगो अर्थात प्रतीक चिन्हले समग्र गाउँपालिकाको पहिचान ,चिनारी झल्काउने हुँदा लोगो बनाउन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।
साथै स्थानीय तह आफैमा स्वायत्त निकाय भएको उल्लेख्य गर्दै आफ्नै पहिचान सहितको लोगो बनाउदा छुटै चिनारी हुने उनले उल्लेख गरे ।

अबको २१ दिन भित्र लोगो बनाएर खामबन्दीमार्फत गाउँपालिकाको कार्यालयमा पठाउनु पर्नेछ । लोगो सामूहिक रुपमा बनाउन नपाइने मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता