चन्द्रकोटमा पन्चेबाजा वितरण



पुस १७ गुल्मी ।

गुल्मीमा संस्कृति संरक्षण गर्नका लागि पन्चेबाजा वितरण गरिएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा न ८ तुराङमा दलित उत्थान कार्यक्रम अन्र्तगत एक लाख रुपियाँको बजेटबाट पन्चेबाजा खरिद गरी वितरण गरिएको वडा सचिब लक्ष्मी अर्यालले जानकारी दिनुभयो ।

वडा भित्रका दलितहरुले पन्चेबाजा बजाई जीविको पार्जन गर्ने उनीहरुको पेशालाई संरक्षण गर्र्न र आर्थिक रुपले पनि सम्पन्न बनाउनका लागि पन्चेबाजा वितरण गरिएको अर्यालले बताउनुभयो । वडा नं ८ भित्र चार सय घरधुरीहरु दलित भएकाले उहाँहरुलाई आर्थिक रुपले सम्पन्न बनाउनका लागि पनि वडा कार्यालय र पालिकाले थप कार्यक्रमहरु बनाएको उहाँको भनाई छ ।

तल्लो तहको जीवन स्तर माथि नउस्के सम्म परिर्वतन नहुने भन्दै उनीहरुको पेशालाई माथि उकास्नका लागि पन्चेबाजा वितरण कार्यले थप टेवा पुग्ने वडा अध्यक्ष फडिन्द्र अर्यालले बताउनुभयो ।

यता गाउँपािलकाका अध्यक्ष युवराज केशीले पुस्तौदेखी गर्दै आएको पेशालाई संरक्षण गर्नु आफूहरुको दायीत्व भएको बताउनुभयो । उहाँहरुको सीपलाई थप ब्यवस्थित गर्ने बताउँदै कला संस्कृति र परम्परालाई बचाई राख्नका लागि आवश्यक अन्य सहयोग गर्न पनि गाउँपालिका तयार रहेको उहाँको भनाई छ ।

गाउँपालिका भित्रका नागरिकहरुलाई आफूहरुसंग भएको सीपलाई ब्यवस्थित गर्न र युवाहरुलाई स्वदेशमै टिकाई राख्नका लागि आफूहरुले योजना बनाएको खत्रीले बताउनुभयो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता