धुर्कोट वस्तुमा झोलुङ्गे पुलको शिलन्यास



हुमाकान्त पोखरेल १५ भदौ ।     गुल्मीको धुर्कोट गाउँपालिका –५ वस्तुमा झोलुङ्गे पुलको शिलन्यास गरिएको छ । वस्तु विचित्र गुफा नजिकैदेखि राङदल फेदीसम्म जोड्ने ३७० मिटर लामो पुलको बुधबार गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले शिलन्यास गरेका हुन् । कुल एक करोड ९० लाखमा बन्ने पुल आगामी चैतसम्म निर्माण सम्पन्न हुनेछ । पुल निर्माण भएपछि विचित्र गुफासम्म पुग्न, हिमालय माविमा विद्यार्थीहरु अध्ययनको लागि जान एवम् किसानहरुलाई घाँस–दाउरा गर्न सहज हुने विचित्र गुफा संरक्षण समितिका अध्यक्ष युवराज भण्डारीले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले समयमै काम गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सीता गिरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, वस्तुका वडाध्यक्ष केशबराज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता