आगामी निर्वाचनमा एमालेलाई धुलो चटाउछौ ः माधव नेपाल



हुमाकान्त पोखरेल गुल्मी, १२ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा नेकपा एमालेलाई धुलो चटाउने बताएका छन् । शनिबार गुल्मीमा नेकपा एकीकृत समाजवादीको जिल्लास्तरिय अगुवा कार्यक्रता भेलालाई सम्बोधन गर्दै नेता नेपालले एमालेविरुद्धका सबै शक्ति एक ठाउँमा उभिएर एमालेलाई भारी मतले पराजित गर्ने बताए ।

नेता नेपालले दुई पटकसम्म भएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्ध निर्वाचित भएको र एमालेले पराजय भोगेको स्मरण गराएका थिए । एमालेमा ‘बा’ प्रवित्ति हावी भएकोले अब त्यसबाट देश र जनताले निकास प्राप्त गर्न नसक्ने भएकोले आफुहरु कलम चिन्ह लिएर एकीकृत समाजवादीको नामबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउने बताए ।गुल्मीको सन्दर्भमा पनि एमाले बाहेकका दलहरुसँग गठबन्ध गरेर निर्वाचनमा जाने सहमती भएको नेपालले जानकारी दिए । गुल्मीबाट जितेका केही स्वार्थी नेताहरु केपी ओलीसँग गएर ठिक गरेको नेपालको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीकी सचिव एवम् शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुल्मीको लागि रेसुङ्गा नगरपालिकामा सभाहल, सालझण्डी पटौटी सडक लगायतका काम अगाडी बढाएको जानकारी गराएकी थिइन् । निर्वाचनको सन्दर्भमा गुल्मीमा सत्तागठबन्धन नै तालमेल गरेर अगाडी गर्ने संकल्प गरेको बताइन् । आफु शहरी विकास मन्त्री भएपछि धेरै पूर्वाधारका काम अगाडी बढाएको र गुल्मीका दुई नगरपालिकामा मात्रै एक अर्ब बजेट बिनियोजन गरेको उनले बताइन् । कार्यक्रमको अवसरमा जिल्लाका विभिन्न पालिकाहरुबाट झण्डै दुई सय जना कार्यक्रताहरु नेकपा एसमा प्रवेश गरेको पार्टीका केन्द्रिय सदस्य प्रमेश पोखरेलले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता