गुल्मीमा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमण ,१७ जना संक्रमण मुक्त !



असार ८ गुल्मी ।

गुल्मीमा पछिल्लो २४ घण्टामा ६२ जनामा कारोना संक्रमणको पुष्टि भएको छ । ४ सय १ जनाको परिक्षण गर्दा ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ ।

संक्रमित हुनेमध्ये जिल्लाको गुल्मीदरवार गाउँपालिकामा ३६ जना, धुर्कोट गाउँपालिकामा १० जना, रेसुङ्गा नगरपालिका ७ जना, रुरुक्षेत्र गाउँपालिकामा ४ जना, छत्रकोट गाउँपालिकामा २ जना, सत्यवती,चन्द्रकोट र मालिका गाउँपालिकामा १/१ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा १७ जना डिस्चार्ज भएका छन । यो संगै जिल्लामा २ हजार ८ सय ८० जना संक्रमण मुक्त भएका छन । जिल्लामा संिक्रय संक्रमित २ सय ४१ जना रहेको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहे संगै जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८९ जनाले ज्यान गुमाएका छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता