कोरोना विरुद्धको खोप सम्बन्धी अर्जैमा अभिमुखिकरण कार्यक्रम सम्पन्न



फागुन -२० गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका -६ अर्जैले कोरोना विरुद्धको खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
फागुन २३ गते देखी ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरीकलाई प्रदान गरिने कोरोना विरुद्धको खोप अभियानलाई मध्यनजर गदै विहिबार अभिमुखिकरण कार्यक्रमको आयोजना गएिको हो ।
अभिमुखिकरण कार्यक्रममा उपस्थित् स्वास्थकर्मी, जनप्रतिनिधि, राजनितिक दलका नेता तथा स्थानीयलाई अर्जे स्वास्थ्य चौकीका इनचार्ज खिमराज पोख्रेलले प्रशिक्षण दिएका थिए ।
साथै कोरोना विरुद्धको खोप किन लगाउने भन्ने बारेमा विशेष गरि वास्थ्य चौकीका इनचार्ज खिमराज पोख्रेलले प्रकाश पारेका थिए ।

वडालाई १३ टोलमा विभाजन गरी हरेक टोलमा स्वास्थकर्मी, जनप्रतिनिधि तथा स्थानीय बुद्धीजिवि पचिालन गरी कोरोना विरुद्धको खोप बारे जनचेतना प्रदान गर्ने वडा अध्यक्ष शोभाखर गिरीले उल्लेख गरे ।
वडा नम्वर ६ अर्जैमा रहेका दुई सय ७५ जना वृद्धवृद्धालाइ कोरोना विरुद्धको खोप लगाउनको लागी निः शुल्क यातयातको समेत व्यवस्था गरिएको वडा अध्यक्ष गिरीले जानकारी दिए ।
अभिमुखिकरण कार्यक्रम स्वास्थ्य चौकी व्यवस्थापन समित तथा वडा अध्यक्ष शोभाखर गिरीको अध्यक्षयता तथा स्वास्थ्यकर्मी गोविन्द अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता