खोर सुधारको लागी वाग्लाका ६१ किसानले पाए पाँच लाख ७० हजार अनुदान



माघ ४ गुल्मी ।

गुल्मीको धुर्कोट गाउँपालिका सात वाग्लाले ६१ जना किसानलाई खोर सुधारको निम्ती अनुदान प्रदान गरेको छ ।
सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्र्तगत खोर निमार्णको लागी उपहार स्वरुप ६१ किसान परिवारलाई नगद पाँच हजार र दश हजारका दरले पाँच लाख ७० हजार रकम प्रदान गरिएको वडा अध्यक्ष हिम प्रसाद पन्थीले जानकारी दिए ।

जस अन्र्तगत तीन वटा माउ बाख्रा पालेका किसानले पाँच हजार र पाँच वटा भन्दा बढी माउ बाख्रा पालेका किसानले दश हजार अनुदान पाएका छन् ।

 

पाँच हजार अनुदान पाउने आठ जना किसान रहेका छन् भने दश हजार अनुदान पाउने ५३ जना  छन् ।
अनुदान रकममा धुर्कोट गाउँपालिकाको ७५ प्रतीशत र हेफरको २५ प्रतीशत सहयोग रहेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताए ।
किसानलाई कृषी पेसा तर्फ उत्पेरीत गर्ने र गाउँपालिकाकलाई कृषी तथा पशुपंक्षी उपजमा अबब्ल बनाउन अनुदान प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
अनुदान पाए संगै किसानहरु हर्षीत भएका छन् भने । गाउँपालिकाको सहयोगले आफुहरुलाई राहत मिलेको उल्लेख गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता